गोरखा माइक्रो दुर्घटना ७ जनाको मृत्यु, मृतक सबै भारतीय नागरिक

गोरखा, ३० फागुन – सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार राति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सातै जना भारतीय नागरिक भएको खुलेको छ। मनकामना मन्दिर दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखा का प्रहरी उपरीक्षक भरतबहादुर बिक का अनुसार माइक्रोबसमा सवार १४ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सात जना गम्भीर घाइते भएका छन्। मृतकमध्ये पाँच पुरुष र दुई महिला रहेका छन्। घाइते सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो। गाडीमा चालक र सहचालकबाहेक सबै यात्रु भारतीय नागरिक रहेका थिए भने मृतकहरूको सनाखत हुन बाँकी छ। दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाबाट सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो।

साथै जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले पनि उद्धार कार्यमा सहयोग गरेको थियो। मृतकका शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box