पश्चिम एसिया सङ्कट : उद्धार उडान आज पनि

काठमाडौँ, २९ फागुन – पश्चिम एसियामा उत्पन्न सङ्कटका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार उडानमार्फत स्वदेश फर्काइरहेको छ। सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले विशेष उडान सञ्चालन गरी नेपालीलाई क्रमशः स्वदेश ल्याउने कार्य जारी राखेको हो।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई काठमाडौँ ल्याइएको छ। सोही विमानले काठमाडौँबाट २६० जना यात्रुलाई दुबई पुर्‍याएको थियो। आज पनि काठमाडौँबाट २६७ जना यात्रु लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिनुभयो।

पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि फागुन १६ गतेदेखि उद्धार उडान सुरु गरिएको हो। अमेरिकाइजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली क्षेत्रमा उडान प्रभावित भएको जनाइएको छ।

Facebook Comments Box