समानुपातिकतर्फ एक करोड सात लाखभन्दा बढी मतगणना

काठमाडौँ, २६ फागुन – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले आज बिहान ३ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख १९ हजार ६१९ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले)ले १४ लाख ४७ हजार ६६४ र नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३ मत प्राप्त गरेका छन् । यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४ तथा जनमत पार्टीले ७८ हजार ९२७ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

Facebook Comments Box