काठमाडौँ उपत्यकामा ८६० जना सहित देशभर थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १४ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६० जना सहित देशभर थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ५५५ आरटी पीसीआर तथा ४ हजार ६८७ एन्टीजेन परिक्षण सहित १४ हजार २४२ जनाको परिक्षण गर्दा ३ हजार ३६५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५० हजार २२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ रहेको छ

