दुई फर्मलाई विभागद्वारा जरिवाना
काठमाडौँ, २६ फागुन – नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर, मध्यपुर थिमीलाई रु २० हजार तथा पञ्चकन्या त्रिदेव डेरी पसल, नयाँ बानेश्वरलाई रु १० हजार जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती फर्ममाथि जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै अनुगमनका क्रममा थप ११ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ । विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ ।
Facebook Comments Box

