आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ फागुन  – नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १४५.२३ र बिक्रीदर रु १४५.८३ कायम गरिएको छ ।त्यस्तै, युरोपियन युरो एकको खरिददर रु १७१.१० र बिक्रीदर रु १७१.८०, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु १९५.९४ र बिक्रीदर रु १९६.७५ तथा स्वीस फ्रयाङ्क एकको खरिददर रु १८७.७२ र बिक्रीदर रु १८८.५० तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर रु १०२.३९ र बिक्रीदर रु १०२.८१, क्यानेडियन डलर एकको खरिददर रु १०५.९६ र बिक्रीदर रु १०६.३९ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११४.६७ र बिक्रीदर रु ११५.१४ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर रु ९.३२ र बिक्रीदर रु ९.३६, चिनियाँ युआन एकको खरिददर रु २१.११ र बिक्रीदर रु २१.२०, साउदी अरेबियन रियाल एकको खरिददर रु ३८.७१ र बिक्रीदर रु ३८.८७ तथा कतारी रियाल एकको खरिददर रु ३९.७३ र बिक्रीदर रु ३९.९० कायम भएको छ ।

त्यसैगरी थाइ भाट एकको खरिददर रु ४.६८ र बिक्रीदर रु ४.७०, युएई दिराम एकको खरिददर रु ३९.५४ र बिक्रीदर रु ३९.७०, मलेसियन रिङ्गेट एकको खरिददर रु ३७.३० र बिक्रीदर रु ३७.४५, दक्षिण कोरियन वन १०० को खरिददर रु १०.०७ र बिक्रीदर रु १०.११, स्वीडिस क्रोनर एकको खरिददर रु १६.०१ र बिक्रीदर रु १६.०८ तथा डेनिस क्रोनर एकको खरिददर रु २२.९० र बिक्रीदर रु २३.०० तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर रु १८.५७ र बिक्रीदर रु १८.६४, कुवेती दिनार एकको खरिददर रु ४७५.३८ र बिक्रीदर रु ४७७.३५, बहराइन दिनार एकको खरिददर रु ३८५.१७ र बिक्रीदर रु ३८६.७७ तथा ओमानी रियाल एकको खरिददर रु ३७७.२५ र बिक्रीदर रु ३७८.८० कायम गरेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ तोकिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले निर्धारण गर्ने दर फरक हुनसक्ने तथा अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जनाइएको छ ।

Facebook Comments Box