प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, सचिवहरूसँग पनि हुनेछ हस्ताक्षर

काठमाडौँ, २९ साउन — प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा पूरा गर्नुपर्ने मुख्य काम र लक्ष्यबारे उपप्रधानमन्त्रीद्वय, मन्त्री तथा मुख्य सचिवबीच आज सिंहदरबारमा कार्यसम्पादन सम्झौता भएको छ। मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिएको हो।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न समयमै पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै यस्तो अभ्यास सुरु गरिएको थियो। मन्त्रीहरूले प्रधानमन्त्रीसँग सम्झौता गरेपछि सम्बन्धित सचिवहरूसँग पनि सम्झौता गर्नेछन्।

Facebook Comments Box