प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनुभयो

काठमाडौं, ३१ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनुभएको छ । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनु भएको हो ।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । प्रधानमत्री ओलीले आजै सिंहदरबार पुगेर पदभार ग्रहण गर्दैहुनुहुन्छ ।

Facebook Comments Box