भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३ सय ९७ पुग्यो

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ३ सय ९७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार रसुवामा १ सय ८९, नुवाकोटमा २ सय २, धादिङमा ७२, चितवनमा ३ सय ६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो ।

फेला परेका शवको पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ८९ गरी ३ हजार १ सय ७५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । अहिलेसम्म १ हजार २ सय ३० शव व्यवस्थापन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३ सय ५५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ । यस्तै, बाढीमा बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी भइरहेको छ । विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार ४ सय ४० जनालाई राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box