सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि छैटौं चरणका खेल सुरु

काठमाडौं, ९ पुस – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि छैटौं चरणका खेल सुरु हुँदैछन्। शुक्रबार छैटौं चरणका दुई खेल हुन लागेका हुन्। शुक्रबारको पहिलो खेलमा दिउँसो १ बजे एपीएफ र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ। एपीएफले अहिलेसम्मको ५ खेलमध्ये १ खेलमा जित, १ बराबरी र बाँकी खेलमा हारको सामना गर्दै ४ अंक जोडेको छ।

एनआरटीले भने १ खेलमा जित, २ खेल बराबरी र बाँकीमा २ खेलमा हारको सामना गर्दै ५ अंक हात पारेको छ। त्यस्तै पौने पाँच बजे हुने अर्को खेलमा नेपाल पुलिस र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुलिसले अहिलेसम्मको ५ खेलमध्ये १ खेलमा जित, २ खेलमा बराबरी तथा २ खेलमा हारको सामना गर्दै ५ अंक हात पारेको छ।  त्यस्तै फ्रेन्ड्स क्लबले भने २ खेलमा बराबरी र ३ खेलमा हारको सामना गर्दै २ अंक मात्र हात पारेको छ। छैटौं चरणका सबै खेल दशरथ रंगशालामा हुनेछन्।

Facebook Comments Box