आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७ साउन – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ। आजका लागि युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ १९ पैसा तथा बिक्रीदर २०७ रुपैयाँ रहेको छ। त्यस्तै स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५२ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २८ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३९ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा कायम गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४७ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा तथा थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

यस्तै, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ९९ पैसा, ओमानी रियाल एकको खरिददर ४०० रुपैयाँ ५५ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर सम्बन्धित बैंक वा नेपाल राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरेको छ।

Facebook Comments Box