फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकपको फाइनलमा
काठमाडौं, ३१ असार – स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधिनजिक आफ्नो स्थान सुरक्षित गरेको हो। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न खेलमा स्पेनका लागि मिकेल ओयारजाबाल र पेड्रो पोरोले एक–एक गोल गरे।
स्पेनले77 २२औँ मिनेटमा अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिग्नेले लामिन यामालमाथि फाउल गरेपछि प्राप्त पेनाल्टीलाई मिकेल ओयारजाबालले सफलतापूर्वक गोलमा परिणत गरेका थिए।दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल थप्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि स्पेनले २–० को सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो।अब स्पेनले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

