पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ। बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरेर निर्माण कार्य गर्ने भनिए पनि काम सम्पन्न हुन नसकेपछि पुनः आजका लागि समय निर्धारण गरिएको हो। जिल्ला प्रशासन कार्यालयले सवारी चालक तथा यात्रुलाई उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, ट्राफिक नियम तथा सडक अनुशासन पालना गर्न पनि अनुरोध गरेको छ।
Facebook Comments Box

