डोल्पा कारागारबाट फरार आठ कैदीबन्दीको विवरण सार्वजनिक
सुर्खेत । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको तस्बिरसहितको विवरण प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शनिबार बिहान आठ जना कैदीबन्दी कारागारबाट फरार भएका थिए ।
फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि जिल्लाभरका प्रहरी युनिट परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले फरार कैदीबन्दीको तस्बिर र विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।
Facebook Comments Box

