डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार

डोल्पा – डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको छ।

प्रहरीले घटनास्थलको निरीक्षण तथा विस्तृत अनुसन्धानपछि मात्रै फरार कैदीको सङ्ख्या र उनीहरूको पहिचान यकिन हुने जनाएको छ। घटनाबारे कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक विवरण सार्वजनिक गरिसकेका छैनन्।

Facebook Comments Box