एनपीएलमा आज विराटनगर–चितवन र कर्णाली–जनकपुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ।

यस्तै, आजै साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। प्रतियोगिताको हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो।

Facebook Comments Box