मुग्लिन–नारायणगढ सडकखण्डमा तुइनखोलाको पहिरो हटाउन सुरु

चितवन, ५  असोज – शुक्रबारदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार तुइनखोलामा खसेको पहिरो पन्छाउन निरन्तर प्रयास भइरहे पनि सिमसिम वर्षाका कारण काम कठिन भइरहेको छ ।

“३६ घण्टादेखि सडक अवरुद्ध छ, दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “वातावरण अनुकूल भएमा केही घण्टापछि यातायात सञ्चालन गर्न सकिनेछ ।” हाल पनि वर्षा जारी रहँदा थप पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने काममा चुनौती थपिएको प्रहरीको भनाइ छ ।

Facebook Comments Box