पहिरो हटाएपछि कालीगण्डकी करिडोरमा यातायात सञ्चालन

गुल्मी । वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट सडकखण्डमा यातायात सञ्चालनमा आएको छ । सडकका विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको सडक कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर तथा एक्साभेटर प्रयोग गरी पहिरो हटाएपछि बुधबार बेलुकादेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रसम्म विभिन्न स्थानमा लेदो र ठूला ढुङ्गासहितको पहिरो खसेको थियो । पहिरो हटाएपछि गाउँपालिकाभित्र अवरुद्ध भएका सबै शाखा सडकसमेत सञ्चालनमा आएको अध्यक्ष थापाले बताए । सडक अवरुद्ध हुँदा तम्घास, बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए । सडक खुलेपछि रोकिएका सार्वजनिक तथा अन्य सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।

Facebook Comments Box