बागलुङ पहिरोमा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते तमानखोला गाउँपालिका–४ सन्तरमा गएको पहिरोमा बेपत्ता भएकी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तमानखोलामा मृत्यु हुनेमा बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली, उडिसरा श्रीपाली र पुनसरा विक रहेका छन् । प्रहरीका अनुसार अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी रहेको जनाइएको छ ।

Facebook Comments Box