पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै, बुधबारदेखि पूर्ण सञ्चालनको तयारी

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो तथा सडक भासिएर प्रभावित बनेको पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने काम भइरहेको छ । हाल राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

थप पहिरो तथा अन्य अवरोध नआए बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने प्रशासनले जनाएको छ । प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न र ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

Facebook Comments Box