नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

काठमाडौँ । नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार बिहान ६ः५० बजे जारी गरेको सूचनाअनुसार चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामीटक्सारस्थित दरमखोला जलमापन केन्द्रमा जलसतह लगातार बढिरहेको छ ।

जलसतह बढ्दै गएकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा बसोबास गर्ने बासिन्दालाई साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box