रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ । विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई बैठकमा बोलाइएको रास्वपाले जनाएको छ ।
भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूको सहभागितामा उच्चस्तरीय संयन्त्र गठन गर्ने विषयमा छलफल हुन लागेको हो ।
Facebook Comments Box

