रसुवा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १६२ पुग्यो

काठमाडौँ, ११ भदौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेमध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार आठ जिल्लामा गरी १६२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको छ। बाढीपछि त्रिशूली, नारायणी लगायतका नदी तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box