खरिद–बिक्रीमा अनिवार्य बिल लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौँ, २० साउन – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बिल अर्थात् बीजक लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै कर प्रणालीलाई पारदर्शी, व्यवस्थित र वास्तविक कारोबारमा आधारित बनाउन बीजक लिने–दिने संस्कृतिको विकास आवश्यक रहेको जनाएको छ। विभागका अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्ताले प्रत्येक खरिदमा बिल लिनुपर्नेछ।

त्यसैगरी, हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल प्यान लिएर कर प्रणालीमा आबद्ध हुन तथा वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल जारी गर्न विभागले आग्रह गरेको छ। विभागले बिल लिने–दिने अभ्यासले कर प्रणालीलाई थप पारदर्शी बनाउने, वास्तविक कारोबारको अभिलेख राख्न सहयोग गर्ने तथा स्वेच्छिक कर अनुपालनको संस्कृतिलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

Facebook Comments Box