सर्लाही सीमा क्षेत्रमा १३ लाख रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौँ, २० साउन – सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले नियमित चेकजाँचका क्रममा पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ का ४६ वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १३ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई बरामद नगदसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ। बरामद रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

