नर्भिक अस्पतालको अवैध संरचना हटाएरै छाड्छु : बालेन्द्र शाह

काठमाडौँ, ८ भदौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीस्थित नर्भिक अस्पतालले सडक मिचेर बनाएको अवैध संरचना हटाएर छाड्ने बताएका छन्।

बुधबार न्यूरोडस्थित आरबी कम्प्लेक्स परिसरमा बनेका नक्सा पास बिनाका संरचना हटाउन पुगेका शाहले यस्तो बताएका हुन्। नर्भिकका अवैध संरचना हटाउन खोज्दा रिट परेर सर्वोच्च अदालतले रोकिदिएको छ। तर शाहले त्यो संरचना पनि आफूले हटाएरै छाड्ने बताएका हुन्।

आरबी कम्प्लेक्सका व्यापारीहरुले नर्भिकको पनि संरचना हटाउन चुनौती दिएका थिए। ‘ठूलो सानो सबैलाई कानुन लाग्छ। हामीले जिल्ला अदालतलाई पनि समय दिएका छौँ’, उनले भने, ‘हामी नर्भिकको अवैध संरचना पनि हटाएरै छाड्छौँ।’

उनले यसो भनिरहँदा व्यापारीहरुले आफूहरु पनि नर्भिकको संरचना हटाउन आउने बताएका थिए। काठमाडौं महानगरले आक्रमक रुपमा अवैध संरचना हटाउन थालेपछि व्यापारी र घर मालिकहरुमाझ खैलाबैला मच्चिएको छ।

Facebook Comments Box