सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं,  १३  साउन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार आज बिहान ८:०० बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक बोलाइएको हो। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि सहभागी हुन निमन्त्रणा गरिएको जनाइएको छ।

महामन्त्री आचार्यका अनुसार बैठकका लागि सबै दललाई औपचारिक पत्राचार गरिएको छ। साथै सभापति लामिछानेले विभिन्न राजनीतिक दलका नेताहरूलाई व्यक्तिगत रूपमा टेलिफोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन्। बैठकमा सुनसरीमा भएको घटनासहित पछिल्ला समसामयिक राजनीतिक तथा राष्ट्रिय सरोकारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box