पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतकाे आदेश
काठमाडौं, १ साउन – विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दाको सुनुवाइ अघि बढाउन आवश्यक नरहेको ठहर गरेको हो।
अदालतका अनुसार तत्काल उपलब्ध प्रमाणबाट पौडेलको संलग्नता नदेखिएको, आरोपमा उनले इन्कारी बयान दिएको तथा दीपक भट्टसँग आर्थिक कारोबार गरेको वा कुनै सम्पत्ति तथा लाभ प्राप्त गरेको प्रमाण नदेखिएकाले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि पटकपटक म्याद थप गर्दै उनीमाथि अनुसन्धान गरिएको थियो।
Facebook Comments Box

