महाराजगञ्जमा पाँच सवारीसाधन ठोक्किँदा १० जना घाइते
काठमाडौं महानगरपालिका–४ महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडिको सडकखण्डमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०६डीडी६०६३ नम्बरको कार, एउटा ट्याक्सी र तीनवटा मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते सबैको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ६५ वर्षीया कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य नौ जनाको अवस्था मध्यमदेखि सामान्य रहेको छ।
दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

