काठमाडौँ उपत्यकामा १ हजार ९०७ जना सहित देशभर थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १८ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९०७ जना सहित देशभर थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार ३६८ आरटी पीसीआर तथा ५ हजार ७२० एन्टीजेन परिक्षण सहित १६ हजार ८८ जनाको परिक्षण गर्दा थप ५ हजार २९२ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ८८ हजार २५१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार २६७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ७५२ रहेको छ ।

