प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ, २९  वैशाख – प्रतिनिधिसभा को बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ। छलफलका क्रममा विभिन्न दलका प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्ना धारणा राख्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद् को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। चालु अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेट पनि प्रस्तुत गर्ने तयारी गरेको छ। संविधानअनुसार सरकारले जेठ १५ गते वार्षिक बजेट संसद्मा पेश गर्नुपर्ने व्यवस्था छ।

Facebook Comments Box