आज देशभर बदली र वर्षाको पूर्वानुमान

काठमाडौँ, ४ साउन — हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश स्थानमा बदली रहने र वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सामान्यभन्दा अलिकति उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान छ।

यी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा पनि हल्का देखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ। यसैगरी, आज राति देशभर सामान्यतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

Facebook Comments Box