रातो मच्छिन्द्रनाथ जात्रा: रथारोहण सम्पन्न, वैशाख ८ देखि रथ तानिने

काठमाडौं, ६ वैशाख – ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत रथारोहण सम्पन्न भएको छ। उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित यो पर्व हरेक वर्ष वर्षा र सहकालको कामना गर्दै मनाइन्छ।

ललितपुर मा मनाइने यस जात्राअनुसार शनिबार तिथिअनुसार रथारोहण गरिएको हो। गुठी संस्थान का अनुसार रथ निर्माण सम्पन्न भएपछि मच्छिन्द्रबहालबाट देवताको मूर्ति पुलचोक ल्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो। रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जन का अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरिएको थियो।

तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ लैजाने कार्यक्रम तय भएको छ। सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण यो जात्राले उपत्यकामा परम्परा, समुदाय र आस्थाको गहिरो सम्बन्ध झल्काउने गरेको छ।

Facebook Comments Box