बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, सात जना घाइते
काठमाडौं, १९ चैत – रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बा १६ च ३८२५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएकोमा सात जना घाइते भएका छन्।
शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौँ जाँदै थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
Facebook Comments Box

