राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई टेबुल गरिने
काठमाडौँ, ९ साउन – संघीय संसदअन्तर्गत सोमबार राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने छ। आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई टेबुल गरिने कार्यसूची छ।
त्यस्तै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएका नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभामा गराउने सम्भावित कार्यसूची छ।
Facebook Comments Box

