मौसम पूर्वानुमान : पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ  – मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभावका कारण गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको जनाइएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश को तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशकोशी प्रदेश का हिमाली भूभागमा सामान्य बदली रहनेछ। बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।महाशाखाका अनुसार गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

Facebook Comments Box