काठमाडौँ, २४ चैत – काठमाडौंको पिंगलास्थान क्षेत्रबाट प्रहरीले गएराति दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले जानकारी दिएको अनुसार उनीहरुको साथबाट किलोभन्दा बढी खैरो हेरोइन बरामद गरिएको छ।
पक्राउ परेका व्यक्ति दुई जना भारतीय नागरिक हुन्। साथै, उनीहरुले प्रयोग गरेको गाडी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौं को संयुक्त टोलीले कारबाही सञ्चालन गरेको थियो। सो क्रममा आवश्यक परे गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।