सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ
काठमाडौँ, २१ चैत – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले व्यवसायी शंकर अग्रवाल लाई पक्राउ गरेको छ। सुधन गुरुङ को सचिवालयले अग्रवाल पक्राउ परेको पुष्टि गरेको हो। यसअघि बिहीबार मात्रै व्यवसायी दीपक भट्ट लाई पनि सोही ब्यूरोले पक्राउ गरेको थियो। अग्रवाल र भट्टबीच व्यवसायिक साझेदारी रहेको बताइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा भट्ट पक्राउ परेपछि शंकर समूहका प्रमुख मानिएका अग्रवाललाई पनि नियन्त्रणमा लिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। त्यसैगरी, हालसम्म उक्त प्रकरणमा १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।
Facebook Comments Box

