२ हजार ७७७ मतगणनामा शेरबहादुर देउवा १३१८, शेखर कोइराला १०२३ मत प्राप्त

काठमाडौँ, २८ मङ्सिर – नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।

पछिल्लो विवरण अनुसार जम्मा दुई हजार ७७७ मतगणनामा शेरबहादुर देउवा १३१८, शेखर कोइराला १०२३ मत प्राप्त भएको छ । प्रकाशमान सिंह २०५, बिमलेन्द्र निधि १६६, कल्याण गुरुङले १२ मत प्राप्त गर्नु भएको छ ।

Facebook Comments Box