काठमाडौँका केही स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
काठमाडौँ, २१ चैत – नेपाल विद्युत् प्राधिकरण ले काठमाडौँका विभिन्न स्थानमा आज चार घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने कार्यका लागि बानेश्वर वितरण केन्द्रअन्तर्गत इमाडोल फिडरबाट आपूर्ति हुने क्षेत्रमा बिजुली कटौती गर्न लागिएको हो।
बिजुली अवरुद्ध हुने क्षेत्रहरूमा नरेफाट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोट मार्ग क्षेत्र समावेश छन्। यी स्थानमा ११ केभी क्षमताका पोल परिवर्तन गरिने प्राधिकरणले जनाएको छ। सूचनाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। यस अवधिमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै आवश्यक तयारी गर्न उपभोक्तालाई आग्रह गरेको छ।
Facebook Comments Box

