पोखराको लेकसाइडमा आठ स्पा सञ्चालक पक्राउ

गण्डकी, १६ चैत – जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा लेकसाइड क्षेत्रमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४७ वर्षीय होमबहादुर बुढाथोकी, २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र २८ वर्षीय सरोज सुनार रहेका छन्।

प्रहरीका अनुसार मापदण्डविपरीत स्पा सञ्चालन, बालिकाहरूलाई कामदारका रूपमा प्रयोग तथा अवाञ्छित गतिविधि सञ्चालन गराएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यस सम्बन्धमा जानकारी दिँदै हरिबहादुर बस्नेतले स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार तथा आफन्तको जिम्मा लगाइएको बताउनुभयो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Facebook Comments Box