नाइजेरियामा हैजाको कारण कम्तीमा पनि ३ सय २९ जनाको मृत्यु
नाइजेरिया, ८ असोज – नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३ सय २९ जनाको मृत्यु भएको छ।
नाइजेरियाका एक स्वास्थ्य अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ३ सय २९ जनाको मृत्यु भएको हो। कानो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यको कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको छ। हैजाले अरु कैयौँ विरामी परेका छन्।
नाइजेरियाका स्थानीय निकायहरुमा ११ हजार १ सय १५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएको पाइएको छ।
अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका छन्। हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी बढाइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

