नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ओली निवास बालकोटमा सुरु

काठमाडौं, १ असाेज – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट) मा बैठक सुरुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय असोज २ र ३ गते तय गरेकाले जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामावली विषयमा बैठकले निर्णय गर्ने बताइएको छ।

Facebook Comments Box