झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

झापा, १० चैत – झापाको दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउँदै सार्वजनिक सूचना जारी गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईद्वारा जारी सूचनामा रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारैतिर सङ्कटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका काम अघि बढाइएको उल्लेख छ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, दाना तथा अन्य पक्षीजन्य सामग्री ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ।भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एक कृषि फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ।

संक्रमण देखिएपछि सो फार्मका सबै कुखुरा नष्ट गरिएको उनले जानकारी दिइन्। मेचीनगरअर्जुनधारालगायत क्षेत्रमा पनि कुखुरा मर्ने सूचना प्राप्त भएकाले जोखिम अझ बढेको अनुमान गरिएको छ।

किसानबाट ल्याइएका नमूनामा प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएपछि थप पुष्टि गर्न केन्द्रीय प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएको छ। झापासँगै मोरङसुनसरीमा समेत संक्रमण फैलिएकोले समग्र क्षेत्र उच्च जोखिममा रहेको अधिकारीहरूले बताएका छन्।

Facebook Comments Box