सामाखुसी खोलामा बेपत्ता बालकको शव ११ दिनपछि भेटियो
काठमाडौँ, १८ साउन – यही साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगरको शव भेटिएको छ। बिहीबार दक्षिणकालीस्थित बागमती नदीमा शव फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमुख ढुंगेलले जानकारी दिए।
खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको थियो।
काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए।
Facebook Comments Box

