पहिरोका कारण कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती, ६ चैत – हेटौँडाकाठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटे क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षासँगै आज बेलुका करिब ५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पहिरो हटाउन इलाका प्रहरी कार्यालय ठिङगनबाट प्रहरी टोली खटाइएको छ र सडक खुलाउने प्रयास जारी छ। निरन्तर वर्षाका कारण पहिरो खस्ने जोखिम उच्च रहेकाले सो क्षेत्रबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

Facebook Comments Box