आज विश्व हिमनदी दिवस

काठमाडौँ, ६ चैत – आज विश्व हिमनदी दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ को आह्वानमा गत वर्षदेखि सुरु गरिएको यो दिवस हरेक वर्ष मार्च २० मा मनाइन्छ। यस दिवसको उद्देश्य हिमनदी (ग्लेसियर) को महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्नु हो। हिमनदीहरू पृथ्वीको पारिस्थितिक प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छन्। विश्वभरका करोडौँ मानिसको पानीको आवश्यकता हिमनदीमा निर्भर रहेको छ।

तर पछिल्लो समय बढ्दो तापक्रम र जलवायु परिवर्तन का कारण हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। यसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ। यस चुनौतीलाई ध्यानमा राख्दै हरितगृह ग्यास उत्सर्जन घटाउने र वातावरण संरक्षणका लागि ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ।

Facebook Comments Box