काठमाडौँ उपत्यकामा १ हजार ५१ जना सहित देशभर थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५१ जना सहित देशभर थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ८८४ आरटी पीसीआर तथा ८०३ एन्टीजेन परिक्षण सहित ९ हजार ६८७ जनाको परिक्षण गर्दा २ हजार ३५१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८९ हजार ९१८ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको छ ।

Facebook Comments Box