गगन थापाले नेपाली कांग्रेस को सभापति पदबाट राजीनामा दिए

काठमाडौँ, ५ चैत – गगन थापा ले नेपाली कांग्रेस को सभापति पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएको जनाइएको छ।

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनलाई डा अमरेशकुमार सिंह ले पराजित गरेका हुन्। निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले झण्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र प्राप्त गरेको छ।

निर्वाचन परिणामपछि राजीनामाको तयारीमा रहेका थापालाई पार्टीभित्रैका विभिन्न नेताहरूले पदमा रहिरहन सुझाव र दबाब दिँदै आएका थिए। निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेका थापाको राजीनामाबारे निर्णय लिन पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।

Facebook Comments Box