प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने
काठमाडौँ, २७ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले आम सहमतिको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आजै राति ९ बजे शपथ ग्रहण कार्यक्रम शीतलनिवासमै राखिएको बताए।
उनका अनुसार मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक शीतलनिवासमै बस्नेछ। सोही बैठकले संसद विघटनलगायतका सिफारिस गर्नेछ।
Facebook Comments Box

